जङ्गलमा गोली लागेर मृत्यु भएको अवस्थामा भेटिए युवक


५ फाल्गुन २०८०, शनिबार
death
सांकेतिक तस्वीर

बर्दिया । शान्तिनगर गाउँपालिका–१ स्थित बान्द्रेखोला जंगलमा गोली लागेर एक युवकको ज्यान गएको छ । इलाका प्रहरी प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार शनिबार राति १ बजेतिर बबई गाउँपालिका–४ ठाटीखोलाका २४ बर्षीय तेजलाल खत्रीको शव जंगलमा फेला परेको थियो ।

शिकार खेल्न गएकामध्ये एक जनाको गोली लागेर जंगलमा मृत्यु भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक अजयजंग थापाको नेतृत्वमा गएको १३ जनाको प्रहरी टोलीले शान्तिनगरको बान्द्रखोला जंगलमा खत्रीलाई मृत अवस्थामा फेला परेको हो ।

खत्रीको एउटा हात बारुदले जलेको जस्तो देखिएको र छातिमा भरुवा बन्दुकको गोली लागेको प्रहरीले जनाएको छ । शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । खत्रीसँगै चोरी शिकारमा निस्किएका सबैको पहिचान भइसकेको भए पनि सबै फरार रहेको हुँदा खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७