संकटमा सेवाः सेवा नै अनन्दको श्रोत


५ फाल्गुन २०८०, शनिबार
Ani Choying Drolma

सुर्खेत : कर्णालीबासीले विभिन्न समयमा झाडापखाला, बाढी पहिरो, भूकम्प र कोभिडजस्ता मानविय र प्रकृतिक संकट झेल्दै आएका छन्। संकटका बेला सरकारी तथा गैर सरकारी निकायहरु सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलेब्रेटी बन्नकै लागि पनि सेवा गर्नछन्।

विशेषगरी उनीहरुले उद्धार, उपचार तत्कालीन राहत लगायतका मानविय सहायतामा पीडितलाई सघाउँदै आएका छन्। संकटमा सेवा गर्नेहरुको विषयमा शनिबारदेखि वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवमा  बहस भयो ।

छलफलमा सहभागी थिए समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्का र  भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती। उनिहरुलाई पत्रकार प्रकाश पन्तले संकटमा गरिने सेवाका बारेमा प्रश्न गरे। तीनै जनाले एउटै जवाफ थियो, ‘संकटमा सेवा जस्तो हुनुपर्ने थियो त्यसो भएन् ।’

छलफलमा बोल्दै गायिका आनीले सेवा नै आनन्दको श्रोत भएको बताइन् । उनले भनिन्, ‘कर्म त्यस्तो गर्नु हो, जस्ले बेलुका सुत्दा मनमा डर, क्रास  हैन । आनन्द देओस् । सेवा नै आनन्दको श्रोत बनोस ।’ उनले संकटका बेला पनि ‘राहातमा भ्रष्टचार भयो । नेताहरुको आफन्तलाई मात्रै रहात’ भन्ने जस्ता मिडियामा आउँने समाचारले मन पोल्ने गरेको बताइन् ।

‘मान्छेले जालझेल गर्न सक्छ । बनाएको कानुन छल्न सक्छ । भनसुन गर्न सक्छ तर कुद्रतले बाएको कानुन छल्न सक्दैन् । मोलमोलाई गर्न सक्दैन्,’ उत्सवको मञ्चमा बोल्दै उनले भनिन्, ‘पैसा हुँदैमा ठूलो भइन्छ भन्ने भ्रमबाट माथी उठौं । संकटका बेला सहयोग गरौं । मान्छेले कर्मको फल भोग्छ । सत्य कर्म गरौं । ’

उनले काम गर्ने मान्छेहरु गुमनाम हुँने तर नगर्नेहरुको चर्चा बेसी हुने गरेको बताइन् । ‘डिजास्टरको सबैभन्दा सुन्दर पक्ष भनेको, विपदले सबैको मन पोल्न आवश्यक छ । पोल्नु पर्छ । त्यसले सामुहिक भावना पैदा गर्छ,’ उनले भनिन्, ‘सबैमा रक्सीको लत नलागोस, भ्रष्टचारीको लत नलागोस, सबैमा सेवा गर्न लत लागोस ।’

सोही मञ्चामा अर्का वक्ता थिए, डाक्टर डम्बर खड्का । झण्डै ४० वर्ष कर्णालीमा रहेर स्वास्थ्य सेवा गरेका खड्का प्रदेश अस्पतालका निर्देशक हुन् । कोभिड महामारीमा अग्रपंक्तिमा रहेर काम गरेका खड्काले संकटका बेला स्वच्छ मनले काम गरे पुग्ने बताए । ‘आफुले पाएको जिम्मेवारी उत्कृष्ट ढंगले तवरले पुरा गरे मात्रै हुन्छ । स्वच्छ मनले काम गर्यो भने राम्रो परिणाम आाउँदो रहेछ,’ उनले भने,  ‘राम्रो काम गर्नेलाई सरकार, जनता सबैले धन्यवाद दिदारहेछन् ।’

उनले विपदका बेला सरकारी तयारी भने पर्याप्त नहुँने गरेको बताए । तर सरकारी संयन्त्र भने गम्भिर भएर लाग्नु पर्ने उनको सुझव छ । ‘संकट जतिबेला पनि आउँन सक्छ । त्यसका लागी हरेक संरचनाहरु तयारी अवस्थामा रहनु पर्छ,’ उनले भने । तर प्रदेश अस्पताल आइपर्ने विपदको समानका लागि सधै तयारी अवस्थामा रहेको बताए । ‘कोभिडको बेला पनि हामीले ५०० बेड्को सेवा दिन सक्ने गरी तयारी अवस्थामा थियौं । कोभिडकै कारण सहकर्मी डाक्टर गुमायौं । तर सेवा उत्कृष्ट नै दियौं’ डाक्टर खड्का भने ।  

संघीयताको ब्यूटी विपदको बेला देखिएको भेरी नगरपालिका नगरप्रमुख चन्द्रप्रकाश घर्ती बताउँछन् ।  गत १७ कातिकमा जाजारकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले उनको पालिकामा नै सबैभन्दा ठुलो मानविय क्षति भयो ।  
‘सरकार र सहयोगी मनहरुको सहयोगमा २४ घण्टा भित्रै खोज र उद्दारका काम गरेका थियौं’ उनले भने, ‘संघियताको ब्यूटी भनेको यही हो सायद भूकम्पको बेला केन्द्र, प्रदेश र स्थानिय तह सबैले चासोका साथ हेर्नुभयो । खटिनु भयो । थुप्रै दातृनिकायले सहयोग गरे । र, धेरैको ज्यान जोगियो ।’

तर कतिपए व्यक्तिहरु भने सेलिब्रिटी समावसेवी पनि देखिएको भन्दै मेयर घर्तीले दुखेसो पोेखे । ‘कतिपए व्यक्तिहरु सेल्फि र खोटो खिच्नकै लागि पनि सामाज सेवा गरेझै गर्नेहरु पनि देखिए’ उनले भने ।

विपदजन्य संकटबाट बच्नका लागि समुदायस्तरमै विपद व्यवस्थापन सम्विन्धी तालिम वा विशेष कोर्स सञ्चालन गर्न आवश्यक रहेको मेयर घर्ती बताउँछन् । ‘विद्यालय र टोलस्तरबाटै विपद व्यवस्थापन सम्वन्धि विशेष कोर्ष सञ्चालन गर्न आवश्यक छ । अझै पनि कर्णालीमा ठूला प्रकृतिक प्रकोप आउनसक्ने प्रक्षेपन गरिएको छ,’ उनले भने ।

संकटका बेला समुदायमा पनि सबैलाई सहयोग गरौ भन्ने सामुहिक भावना नभएको घर्तीले बताए । उनले भने, ‘भूकम्पका बेला मैले त्रिपाल पाए, छिमेकीले पाएको छैन् । उसलाई दिनुहोस भनेर एकजनाले पनि भनेको सुनियन,’ उनले भने,  ‘हामीमा सामुहिक भावना मर्दै गएको छ । मानवियता हराउँदै गएको छ । यसको विषयमा पनि गम्भिर भएर सोच्नु पर्ने बेला आएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७