भारतीय प्रधानमन्त्री मोदी फेरि भदौंमा नेपाल आउँदै


२० जेष्ठ २०७५, आईतवार
narendra modi

काठमाडौं, २० जेठ । मन्त्री परिषदको आइतबारको एउटा निर्णयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बर्माकी विदेशमन्त्री आङ सान सुचीसम्मका एशियाली नेताहरु आगामी भदौमा नेपाल आउने बाटो खुलेको छ ।narendra modi

आउँदो भदौमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्न प्रस्ताव गर्ने मन्त्री परिषदको निर्णयसँगै मोदी र सुचीलगायतका नेताहरु नेपाल आउने बाटो खुलेको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको छ ।

हाल नेपाल अध्यक्ष रहेको यो क्षेत्रीय संगठनको सदस्यको रुपमा बंगलादेश, भारत, म्यान्मार (बर्मा), श्रीलंका, थाइल्याण्ड, भूटान र नेपाल सदस्य राष्ट्रको रुपमा छन् । सार्कको अर्काे सदस्य राष्ट्र पाकिस्तान भने बिमस्टेकमा सहभागी छैन । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७