एमाले कैलालीको अधिवेशन आज : अध्यक्षमा तीन जनाको दाबी, अध्यक्ष ओलीले उदघाटन गर्दै


६ फाल्गुन २०८०, आईतवार
kailali

कैलाली । आज (आइतबार) देखि सुख्खडमा सुरु हुन लागेको नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा तीन जना आकांक्षी देखिएका छन् । कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र नेता यज्ञ ढुंगाना अध्यक्ष पदका आकांक्षी छन् ।

उपाध्यक्षमा लोकेन्द्र शाही, मनराज शाही, नृप खडायत, मदनराज ओझा, शर्मानन्द भट्ट, गजेन्द्र स्वार, दलबहादुर रावल र प्रेम डगौरा गरी ८ जनाले दाबी गरेका छन् । सचिवमा ममताप्रसाद चौधरी, हितेस ओझा, विष्णु चन्द, कमलबहादुर राना, चूडामणि भट्ट, आनन्दप्रसाद भट्ट, शम्भु कुँवर, वीरेन्द्रबहादुर रावल, द्वारिका न्यौपाने, विष्णुबहादुर चौधरी, वक्तबहादुर शाही र भीष्मराज सुवेदी गरी सचिवमा १२ जनाले उम्मेदवारी दिने तयारीमा छन् ।

२ पदको उपसचिवमा ३० जनाले दाबी गरेका छन् । उपसचिवका लागि धिमलाल जोशी, राजु गुरुङ, चक्रबहादुर विष्ट, नौरता देवी खड्का, मदन राज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्बिका विष्ट मल्ल, भुवन रिजाल, निर्मला संज्याल, किशोर शाह, लक्ष्मी केसी, गणेशबहादुर साउद, मोहन विक, ध्रुवबहादुर भण्डारीले दाबी गरेका छन् ।

त्यस्तै खगेन्द्रकुमार ठकुल्ला, जगत बोहरा, ध्रुव खत्री, नेत्रप्रसाद खनाल, कमला कुँवर, गृष्मा चौधरी, हर्कबहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भुल, गोविन्द कोइराला, रत्ना कुँवर गणेश बुढा र सुरज परियारले पनि उपसचिवमा इच्छा देखाएका छन् ।एमालेले पहिलो पटक अधिवेशनअगाडि नै सहमति खोज्ने प्रयत्नका रूपमा आकांक्षीहरूलाई इच्छापत्र पेस गर्नुपर्ने विधि तय गरेको थियो । इच्छापत्र पेस गरेको चार दिनसम्म पनि अध्यक्ष पदका आकांक्षी तीन जनाबीच सहमति हुन सकेको छैन ।

अध्यक्षसहित पदाधिकारी तहका पााच पदमा ५३ जनाले सोही दिन इच्छापत्र पेस गरेका छन् । उपाध्यक्षमा ८ जना, सचिवमा १२ जना र उपसचिवतर्फ दुई पदका लागि ३० जनाले आकांक्षा प्रस्तुत गर्दै इच्छापत्र दर्ता गराएका छन् । आइतबार मध्याह्न सुरु हुने अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन् । अधिवेशन दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७