समाजवादी मोर्चाको संयोजकमा विप्लव, सदस्य सचिवमा प्रकाण्ड


२०८० फाल्गुण ६ आइतबार १०:५४ बजे

काठमाडौँ । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तोकिएका छन् ।
आज (आइतबार) बिहान बसेको बैठकले विप्लवले आगामी दिनमा नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । यसअघि मोर्चाको संयोजकमा माधवकुमार नेपाल थिए । मोर्चा संयोजकको कार्यकाल ४ महिने हुन्छ ।

यसअघि दुई कार्यकाल माधव नेपाल निरन्तर संयोजक बने। मोर्चाको सदस्य सचिवमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चुनिएका छन् । महासचिव गुरुङका अनुसार जो संयोजक तोकियो सोही पार्टीको अर्को व्यक्ति सचिव बन्ने मोर्चाको परम्परा छ ।

बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले भने, ‘मुख्य रूपमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समीक्षा भयो। थुप्रै चुनौती छन्, यिनको सामना गर्दै मोर्चालाई प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ, मोर्चालाई जति गतिशील र प्रभावकारी बनाउनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । आगामी दिनमा यसलाई प्रभावशाली ढंगले सशक्त बनाउने भन्ने कुरा भएको छ ।’

उनले थपे, ‘त्यसका लागि शीर्ष नेताबीच घनिभूत रूपले छलफल, सरसल्लाह र परामर्श बढाउनुपर्छ भन्ने छलफल भएको छ । आज उपेन्द्रजी (उपेन्द्र यादव) आउनुभएन । उहाँको उपस्थितिमा फेरि एकपटक छलफल गर्नुपर्छ भन्ने भयो । दोस्रो कुरा आलोपालो गर्ने कार्यविधिअनुसार मोर्चाको संयोजकमा विप्लवलाई चयन गर्ने निर्णय भएको छ । संयोजक परिवर्तन भएको स्थितिमा कार्यक्रमहरू जनपरिचालन, जनसहभागिताका कार्यक्रम गर्दै जाने निर्णय भएको छ । छिट्टै बैठक बसेर कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा निर्णय हुनेछ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७