एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै


२०८० फाल्गुण ६ आइतबार ०७:२७ बजे

जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मधेशमा २४ सांसद भएको एमाले सबभन्दा ठूलो दल हो । एमालेले नै जसपा संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएको थियो । तर सत्ता परिवर्तनसँगै कांग्रेस सरकारमा सहभागी बने र एमाले सरकार छाडे ।

सरकार छाडे पनि एमालेले समर्थन कायमै राखेको थियो । मुख्यमन्त्री यादवलाई दोस्रो पटक पनि विश्वासको मत दियो । तर मुख्यमन्त्रीले जनताको आकांक्षा बमोजिम काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको हो ।

एमाले मधेशका संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । उनले नेपाल भने, ‘मुख्यमन्त्री ज्यूले हामीसँग विश्वासको मत पनि माग्नु एको छैन । आज १२ बजे संसदीय दलको बैठक छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुनसक्छ ।’

एमालेका अर्का सांसद शत्रुधन प्रसाद सिंहले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय संसदीय दलको बैठकबाट हुनसक्ने बताए । उनले जसपा नेतृत्वको सरकारको काममा असन्तुष्टि जनाए । जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई समेत फिर्ता बोलाइसकेको छ । त्यसैले मुख्यमन्त्री यादव आज विश्वासको मत लिन लागेका छन् । एमाले र जनमतले विश्वासको मत नदिए पनि सरकार ढल्ने छैन । अहिले जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपा सहभागी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७