नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य


६ फाल्गुन २०८०, आईतवार
a 1.jpg

काठमाडौँ । नेपाल ए क्रिकेट टिमले क्यानडा– ११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ्ग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।

नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए । त्यस्तै क्यानडा– ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७