विद्यार्थी नेताद्धारा सहयोग

कास्की, २० जेठ । नेपाल विद्यार्थी संघ पोखरा बिश्वबिद्यालयका विद्यार्थी नेता डिफान भुजेलले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । उनले आफनो जन्मदिनको अवसरमा त्रिभुवन शान्ती माविमा कक्षा नर्सरी देखि कक्षा ६ सम्मका विद्यार्थीहरुलाई सैक्षीक सामग्रीहरु तथा चक्लेट बितरण गरेका हुन् ।
यस्तै उनले पोखराको महत्गौडामा भएको बृद्दाआश्रममा पुगेर त्यहाका वृद्ध वृदा हरुलाइ फलफूल बितरण गरे । उक्त कार्यक्रम नेविसंघका विद्यार्थी नेता फिरोज सुवेदी, राजेन्द्र बराल सदिच्छा तिवारी बिकास रानाभाट, सुबास खड्का र राजन पोख्रेल लगायतका विद्यार्थी नेताको उपस्तिथी थियो ।