क्याप्टेन अनमोल अब ‘व्याचलर बन्टी’


२० जेष्ठ २०७५, आईतवार
0 Shares
anamol

काठमाडौं, २० जेठ । युवा स्टार अनमोल केसीको अब ‘व्याचलर बन्टी’ बन्ने भएका छन् । अहिले ‘क्याप्टेन’ को छायांकनमा व्यस्त अनमोलले केही समयअघि दुई वटा फिल्मका लागि साइन गरेका थिए । झरना थापाको निर्देशनमा बन्ने ‘ए मेरो हजुर–३’ का साथै मिलन चाम्सले निर्देशन गर्ने फिल्मको नाम टुङ्गो लाग्न बाँकी थियो ।anamol

अहिले भने अनमोलको उक्त फिल्मको नाम जुरेको छ, ‘ब्याच्लर बन्टी’। छायांकन शुरु हुनु धेरै समयअघि नै अनमोललाई फिल्ममा अनुबन्ध गरिएको थियो । अनमोल ‘क्याप्टेन’ पछि ‘ए मेरो हजुर ३’ मा व्यस्त रहने छन् । यसपछि मात्र फिल्म ‘ब्याचलर बन्टी’ को सुटिङ शुरु हुनेछ । प्रदीप भारद्वाजको लेखनमा बन्ने ‘ब्याचलर बन्टी’ को अधिकांश दृष्य विदेशमा छायांकन गरिने जनाइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७