टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिन्छ : प्रधानमन्त्री


६ फाल्गुन २०८०, आईतवार
prachanda 7

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकको प्रतिवद्धता व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भए पुनः सञ्चालनमा ल्याउन नसकिने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए ।

‘सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको ‘टिकटक’ सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पार्ने माध्ययम भएको र यसलाई नियमन नगरिएको भन्ने जनगुनासोलाई मध्यनजर गरी २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट तत्कालका लागि रोक लगाइएको हो । यस बीचमा उक्त कम्पनीले सरकारलाई सामग्री नियमन, पोइन्ट अफ कन्ट्याक स्थापना, डेडिकेटेड रिपोर्टिङ्ग सिस्टममा पहुँच र कर प्रणालिमा आवद्ध हुन तयार रहेको भन्दै पत्राचार गरेको छ ।’

उनले भने, ‘पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेका छन् । टिकटकले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने होइन। सामाजिक सञ्जालको प्रयोग नियमन सम्बन्धी विधेयकको मस्यौदा तयार भई संघीय संसदमा पेश गर्न लागिएको छ ।’

उनले थपे, ‘पछिल्ला दिनहरूमा नेपालमा सूचना प्रविधिका क्षेत्रमा उल्लेख्य मात्रामा जनशक्ति वृद्धि भएको छ । यस क्षेत्रमा आफ्नै तत्परतामा हजारौं युवाहरुले यस बर्ष करीब १ खर्ब रुपैयाँ स्वदेशमा ल्याउँदैछन् । सरकारले सूचना तथा प्रविधिको क्षेत्रमा अवरोधका सबैं गाँठा फुकाउनेछ र अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान गुणात्मक रुपमा बढाइनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७