प्रहरीले नयाँ बसपार्कबाट पक्रियो, नक्कली प्रहरी र तीन युवती

काठमाडौं, २० जेठ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नक्कली प्रहरीदेखि अश्लिल गतिविधिमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरी कार्बाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
जेठ १३ गते सादा पोसाकमा हिंड्ने घुमुवा प्रहरी हुँ भन्दै मित्रनगरका होटलमा पैसा मागिरहेका एक युवकलाई पक्राउ गरेको थियो । यस्तै १७ गते अश्लिल गतिविधिमा संलग्न ३ जना युवतीलाई प्रहरीले पक्राउ गरेको थियो । सडकमा बसेर अश्लिल बोल्दै सर्वसाधरणलाई असर पु¥याएको आरोपमा तीन युवतीलाई पक्राउ गरी कार्बाहीका लागि महाराजगञ्ज वृत्त पठाइएको प्रहरीले जानकारी दिएको छ ।