नेपाल ‘ए’ माथि क्यानडा चार विकेटले विजयी


६ फाल्गुन २०८०, आईतवार
canda.jpg

काठमाडौँ । क्यानडाले नेपाल ‘ए’ क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ ।

नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । यसअघि मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिङ गर्दै नेपाल ‘ए’ ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको थियो ।

नेपाल ‘ए’ का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए । त्यस्तै क्यानडा– ११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए । योसँगै ३ खेलको सिरिजमा क्यानडा १–० ले अगाडि भएको छ । अब सिरिजको दोस्रो खेल फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७