‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै


२० जेष्ठ २०७५, आईतवार
0 Shares
gajedi tal

रुपन्देही, २० जेठ । सिमसार क्षेत्रमा सूचीकृत जिल्लाको ‘गजेडी ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । आन्तरिक पर्यटकको घुइँचो लाग्ने उक्त ताल बाह्य पर्यटकको समेत आकर्षणको केन्द्र बनेको स्थानीय भरतमणि सापकोटाले बताए । gajedi tal

तालको सुन्दरता संरक्षणमा ध्यान दिनसके सो ताल स्थानीयवासीका लागि जीविकोपार्जनको माध्यम बन्ने उहाँको भनाइ छ । ताल आसपास निर्माण हुने थप संरचनाले प्राकृतिक सुन्दरता बढाउन मद्दत मिल्नेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

तेह्र हेक्टर क्षेत्रफलमा रहेको सो ताल सिमसार क्षेत्र भएकाले यहाँ विभिन्न प्रजातिका चरासमेत देखिने गरेको स्थानीय समयमाई सामुदायिक वनका अध्यक्ष मीनबहादुर थापा बताउँछन् । तालमा चेलवा, धवई, भोटी, पाते सिद्रा, गाई सिद्रा, पडेनी, अन्धाबामलगायतका स्थानीय प्रजातिका माछा र हाँस, बकुल्ला, बट्टै, तित्रालगायत लोपोउन्मुख चराको उपस्थिति रहन्छ ।

समयमाई सामुदायिक वन र समयमाई गजेडी दानापुर ताल तथा पर्यटन प्रवद्र्धन विकास केन्द्र नामक गैरसरकारी संस्थाले सामान्य पूर्वाधार निर्माणको काम गरेको उक्त क्षेत्रमा अब प्रदेश सरकारले समेत चासो देखाएको छ । सो तालको केही दिनअघि अवलोकन गरेर प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी लिनुभएको थियो ।

jagdamba.cement
rbbbb

तालको विकासका लागि गुरुयोजना आवश्यक भएकामा जोड दिँदै मुख्यमन्त्री पाखरेलले सिमासार क्षेत्र वा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेबारे स्थानीयवासी स्पष्ट हुनुपर्ने बताए ।

प्रदेश नं ५ का उद्योग, वन तथा वातावरणमन्त्री लीला गिरीले दानापुरलगायतका क्षेत्रमा होमस्टेको स्थापना गरेर पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ भने।

त्यस्तै सैनामैनाको गंगानगरस्थित लामीरहमा प्रस्तावित बहुउद्देश्यीय जलाशय पार्क, गैँडाहवाको गैँडाहवा ताल, गैँडाहवाकै लखनौटीस्थित तुलसीहवा तालसहित विभिन्न सिमसार क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विषयमा अध्ययन, अनुसन्धान हुन थालेको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७