देउवाका पूर्व बडीगार्ड एसपीले ‘आँखा चिम्लिँदा’ पर्साबाट तस्करी तीव्र


२०८० फाल्गुण ६ आइतबार ०७:५२ बजे

काठमाडौं । पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ । बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो । प्रहरी प्रमुख सरूवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो । पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगञ्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो ।

पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरूवा भएको छ । एसपी कोमल शाहको सरूवा भएर नयाँ एसपी कुमोध ढुंगेलको पर्सामा पोस्टिङ भएको छ । शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडिगार्ड थिए । उनकै आशीर्वादका कारण एसपी बढुवा हुने वित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए । उनी रहुञ्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन् ।

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो । प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए । एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो । यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो । राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीनवटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७