सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका माओवादी नेता पुरीलाई चार करोड जरिवाना


६ फाल्गुन २०८०, आईतवार
gagan puri jhapa

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ लाई चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै फागुन ६ गतेलाई सजाय निर्धारणका लागि तोकेको थियो । जसअनुसार पुरी र उनकी श्रीमती सीमा भनिने केशावती पुरीलाई चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ जरिवाना सुनाइएको हो ।
त्यस्तै अभियोगपत्रमा जफत गर्न भनी दाबी गरिएका सम्पत्तिबाट बिगो बराबरका सम्पत्ति जफत हुने फैसलामा उल्लेख गरिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् ।

उनीहरुसँग प्रतिवादी बनाइएका मनमाया पुरी र देवकुमार पुरीले भने सफाइ पाएका थिए । कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ । झापाको दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७