बलम्बु प्रहरी प्रभागभित्र गोली चल्यो : दुई जना घाइते, इन्स्पेक्टर नियन्त्रणमा


६ फाल्गुन २०८०, आईतवार
Firing Gun1688543404
सांकेतिक तस्वीर

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा आज (आइतबार) साँझ गोली चलेको छ । प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैले बोकेको पेस्तोलबाट गोली चलेको हो ।

गोली लागेर दुई जना घाइते भएका छन् । इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका थिए । त्यसक्रममा गोली चलेको हो । गोली लागेर उनको बडीगार्ड र एक सर्वसाधारण घाइते भएका छन् । दुबैको एपीएफ अस्पताल, बलम्बुमा उपचार भइरहेको छ ।

बडीगार्डको खुट्टामा एक राउण्ड गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षकमाथि के कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको एआईजी थापाले जानकारी दिएका छन् । उनका अनुसार, घटना अनुसन्धानका निम्ति इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७