७० करोड भ्रष्टाचारको आरोपी पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्त


२०८० फाल्गुण ६ आइतबार ०७:२४ बजे

काठमाडौं : सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पौडेलले अमेरिकी स्थायी आवासीय अनुमति पीआर लिएको देखिएकाले बर्खास्त गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

'सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति एलपीआर लिएको देखिएकाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाउने' मन्त्रिपरिषद् बैठकको निर्णयमा छ । भ्रष्टाचार मुद्दा लागेपछि उनी निलम्बित अवस्थामा थिए ।

निर्देशक विकलसहित नौ जनाविरुद्ध अख्तियारले २०८० वैशाख ३ मा मुद्दा दर्ता गरेको थियो । सेक्युरिटी प्रिन्टिङमा विकलविरुद्ध ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ रुपैयाँ बिगो, जरिवाना र कैदसजाय मागदाबी गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७