अनुमतिविना महिलाको भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका डीएसपी पक्राउ


२०८० फाल्गुण ६ आइतबार ०७:२८ बजे

काठमाडौं : विना अनुमति सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् ।

स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेका हुन् ।

केसी सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत छन् । महिलाको उजुरीपछि केसी विरुद्ध अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६  अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७