कांग्रेस महासमिति बैठक आजबाट, हिन्दू राष्ट्र स्थापनाको वहसले पाउँला प्रवेश ?


२०८० फाल्गुण ७ सोमबार ०६:५५ बजे

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको महासमिति बैठक आज (सोमबार) बाट सुरू हुँदैछ । गोदावरी सनराइज, ललितपुरमा आजबाट सुरू हुने महासमिति बैठकमा दिउँसो १ बजेबाट सुरू हुनेछ । महासमिति बैठकको उदघाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

आजवाट सुरू हुने महासमिति बैठकमा १६५ केन्द्रीय पदाधिकारी तथा सदस्यसहित १,७८० महासमिति सदस्य, नेपाली जनसम्पर्क समितिका ८९ जना, भातृ तथा शुभेच्छुक संस्थाहरूबाट ६९ जना, महासमितिका सदस्य नरहेका प्रदेश सभापति, जिल्ला सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूको उपस्थिति रहने छ ।

प्रचार बिभाग प्रमुख मिनबहादुर विश्वकर्माका अनुसार गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण प्रतिवेदनलगायत पेस हुने भएका छन् ।

यसरी प्रस्तुत भएका प्रतिवेदन माथी समूहगत छलफल गरी बैठकबाट निष्कर्ष निकालिने भएको छ । बैठक फागुन १० गतेसम्म चल्नेछ । पछिल्लो समय नेपाली कांग्रेसका २२ नेताले हिन्दू राष्ट्र पुनःस्थापनाको बहस उठाउँदै अभियान नै घोषणा गरेका छन् । आजदेखि सुरु हुने महासमिति वैठकमा हिन्दू राष्ट्र पुनःस्थापनाको बहस उठ्छ कि उठ्दैन भन्ने चासोको विषय बनेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७