लिग–२ मा आज नामिबिया र नेदरल्याण्डस भिड्दै, यस्तो छ खेल तालिका


२०८० फाल्गुण ७ सोमबार ०७:२९ बजे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुँदैछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ । लिग–२ मा ८ देश खेलिरहेका छन् ।

जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका
फागुन ७ गते सोमबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार– नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्यान्ड्स

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७