रियल म्याड्रिड रायो भल्लेकानोसँग बराबरीमा रोकियो


७ फाल्गुन २०८०, सोमबार
real.jpg 4

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा रियल म्याड्रिडले खेलको तेस्रो मिनेटमा नै जोसेलुको गोलमा शुरुवाती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । रायो भल्लेकानोका लागि खेलको २७औं मिनेटमा राउल डे टोमासले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

यस खेलमा खेलको ९५औं मिनेटमा रियल म्याड्रिडका डानी कारभाजोलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए । यो बराबरीपछि रियल म्याड्रिडको २५ खेलमा ६२ अंक रहेको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २५ खेलमा २५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७