यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


२०८० फाल्गुण ७ सोमबार ०७:५१ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलर भाउ स्थिरहेको छ भने युरो र पाउण्डको भाउ पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रूपैयाँ १८ पैसा कायम गरिएको छ । आइतबार पनि सोही मूल्यमा अमेरिकी डलरको खरिदबिक्री भएको थियो ।
सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४६ तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०४ पैसाले बढेको हो । आइतबार यसको खरिददर १४२ रूपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रूपैयाँ ४२ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ १० पैसाले बढेर एकको खरिददर १६६ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । आइतबार यसको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६४ पैसामा कारोबार भएको थियो । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ २८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८६ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५० पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रूपैयाँ २५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८५ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ३० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३५३ रूपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७