आइसीसी विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोज्यो


२०८० फाल्गुण ७ सोमबार ०६:५३ बजे

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ सिरिजमा नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको छ । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदैछ ।

त्रिभुवन विश्वविधालय, कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुँदैछ । नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७