एसएसबीले नेपाली कुटेपछि आन्दोलनमा यातायत मजदुर

भारतबाट इन्धन ढुवानी ठप्प


२० जेष्ठ २०७५, आईतवार
yatyat majdur

काठमाडौं, २० जेठ । नेपाली टेकंर चालक भारतीय प्रहरीद्धारा कुटिएपछि यातायत मजदुर आन्दोलनमा उत्रिएका छन् । नेपाल–भारतको रक्सौल नाका हुँदै भारतबाट ईन्धन आयातमा संलग्न टेंकर चालक तथा सहचालकहरुलाई भारतीय प्रहरी र स्थानियबाट कुटिएपछि नेपाल यातायत मजदुर संगठन आन्दोलनमा उत्रिएका हुन् ।yatyat majdurभारतीय प्रहरीबाट कुटिएका नेपाली ।

यातायत मजदुरहरुले अहिले भारतबाट हुने इन्धन ढुवानी ठप्प पारको अध्यक्ष रार्इले जानकारी दिए । उनीहरुले आक्रमणको त्रासकै कारण अमलेखगञ्ज, हेटौंडा, काठमाण्डौं र पोखरा रुटका करिव ५ सय टेंकर मजदुरहरु काम गर्न सक्ने अवस्था नभएसम्म ढुवानी नगर्ने बताएका छन् ।
नेपाल यातायत मजदुर संगठन अध्यक्ष भीज ज्वाला राईले आइतबार विज्ञप्ती जारी गरी सरकारसँग निर्भयताका साथ काम गर्ने वातावरणका वातावरण बनाउन आग्रह गरेको छ । उनले पीडित मजदुरहरुलाई न्याय तथा काम गर्ने वाातावरण बनाउन र श्रमिकहरुको सुरक्षाको माग गरेका छन् ।

‘भारतीय प्रहरीको सवारीलाई ओभरटेक गरेको, चन्दा नदिएको भन्दै आफुहरुमाथी लामो समयदेखि निरन्तर कुटपिट भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँछौं । पछिल्लो समय १६ गतेदेखि १९ गतेसम्म दैनिक मजदुरहरुमाथी भएको, १९ गत कष्टममा रोकि राखिएको टेंकरमा बसिरहेका बेला ना ७ ख १७४० नम्बरका टेंकर चालक देव थापालाई गाडीभित्रै आमाचकारी गालीगलौज गर्दै कुटपिट भएको छ ।’, विज्ञप्तीमा भनिएको छ, ‘आक्रमणबाट थापाको हात, तिघ्रामा गम्भिर चोट लागेको छ, अन्य धेरै चालकहरु समेत आक्रमणको शिकार भएका छन् घाईते मजदुरहरुको उपचार, पीडिकहरु माथी कारवाही तथा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि सरकारसँग हार्दिक अपिल गर्दछु ।’

कुटिन्ने नेपालीमा पेट्रोलियम पदार्थ लिन रक्सौल हुदै भारतको आईसिपि कष्टम पुगेका टेंकर चालक तथा सह चालकहरुलाई भारतीय प्रहरी एसएसबीका जवानहरुले करिव दुई दर्जन मजदुरहरु रहेका छन् ।

भारतीय प्रहरीले ना७ ख १७४० नम्बरका चालक देव थापा, ना ७ ख २४७४ का पशुपति मैनाली, ना४ख १५९३ का सहचालक राजेश बिक, ना६ख ६९४२ का चालक टेकलाल गोले, सहचालक गोरे लामा, ना४ख १५९४का चालक देव लामा, ना७ख २१२६का सहचालक सुशन बमजन, ना ७ ख ३६९६का चालक बिकेस लामा, ना ७ ख २४७१ का चालक कान्छा तामाङ लगायतका मजदुरहरुलाई जेठ १६ देखि १९ गतेसम्म लगातार कुटपिट गरेको समेत विज्ञप्तीमा उल्लेख छ ।

कुटिएका थापाको चालको तिघ्रामा गम्भिर चोट लागेको छ । अन्य धेरै चालकहरु समेत आक्रमणको शिकार भएको बताउँदै घाईते मजदुरहरुको उपचार, पीडिकहरुमाथी कारवाही तथा शान्ति सुरक्षाको प्रत्याभूतिका माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७