एसएसपिले भने, ‘प्रहरी भित्रको आन्तरिक शुद्धिकरण गर्छु’


२० जेष्ठ २०७५, आईतवार
28 Shares
rajendra dhakal ssp

शशि पन्थी
भैरहवा, जेठ २० । संघिय इकाई कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र ढकालले प्रहरी भित्रको आन्तरिक शुद्धिकरण पहिलो प्राथमिकतामा राखेको बताएका छन् । rajendra dhakal ssp

उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र ढकालले प्रहरीलाई चुस्त दुरुस्त बनाउन र थप सफल बनाउन प्रहरी भित्रको शुद्धिकरण गरीसकेपछि ड्रक्स ओसार पसार, भन्सार छलि, चोरी, मानव वेचबिखन गर्नेहरुलाई कडाईका साथ कारवाहि गर्ने बताएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संघिय इकाई कार्यालय रुपन्देहीको भैरहवामा हाल बढुवा भएर आएका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र ढकाललाई उद्योग व्यापार संगठन रुपन्देहीले सफल कार्यकालको सुभकामना सहित स्वागत तथा छलफल कार्यक्रम राखेको थियो । कार्यक्रममा उपस्थीत विभिन्न उद्योगि व्यवसायिहरुले आफ्ना समस्या तथा चुनौतिहरु प्रस्तुत गरेका थिए । उद्योगिहरुलाई सुरक्षा दिनमा कुनै कसर बाँकि नराख्ने वरिष्ठ प्रहरी उपरिक्षक ढकालले बताएका थिए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भैरहवा र आसपास नगरका विभिन्न उद्योगि व्यावसायिहरुको बाक्लो उपस्थीति रहेको थियो । उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष गिरीसचन्द्र त्रिपाठीको स्वागत मन्तव्य तथा संगठनका महासचिव अनिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७