१३ वर्षीया बालिका बलात्कार आरोपमा माओवादी पूर्व लडाकु डिभिजन कमाण्डर पक्राउ


२०८० फाल्गुण ७ सोमबार ११:३१ बजे

मकवानपुर । मकवानपुरकी एक बालिका बलात्कारको आरोपमा सिन्धुलीका पूर्व माओवादी लडाकु कमाण्डर पक्राउ परेका छन् ।

फागुन ४ गते एक १३ वर्षीया बालिका बलात्कारको आरोपमा सिन्धुली मरिन गाउँपालिका–७ का हरि श्रेष्ठलाई पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

उनलाई पहिलो पटक म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी भण्डारीले दिए । जनयुद्धको समयमा ‘प्रमोद’ नामले चिनिने श्रेष्ठ माओवादी जनमुक्ति सेनाको दोस्रो डिभिजन कमाण्डर थिए । उनी लडाकुलाई शिविरमा राखिएका बेला दुधौलीमा थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७