बालुवाटार पुगेर ईः ले प्रधानमन्त्रीलाई बुझाए पाँच पृष्ठको मागपत्र


२०८० फाल्गुण ७ सोमबार ०७:१७ बजे

काठमाडौँ । लुम्बिनीबाट पैदलयात्रा शुरु गरेर काठमाडौँ आइपुगेका अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर मागपत्र बुझाएको छ ।

पैदलयात्राको १०औं दिन ईः सहितको टोली आज काठमाडौँ आइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए तर प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उनीहरु त्यहाँ पुगेर मागपत्र बुझाएका हुन् ।

सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन उद्देश्यले उनीहरुले पैदल यात्रा गरेका थिए। अभियन्ता ईःले पाँच पृष्ठको मागपत्र बुझाएका छन् । सोमबार प्रजातन्त्र दिवसको बिदा परेकाले उनीहरुलाई बालुवाटार बोलाइएको थियो । त्यसपछि प्रहरीले ईः, सौरभ न्यौपाने (चाउ), युजनराज भण्डारी, रक्षा बम, सुजन गिरी लगायतलाई बालुवाटार लगेको थियो ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ईःले पाँच पृष्ठको मागपत्र सुनाएका थिए । त्यसमा सडक व्यापारको वस्तुगत अवस्था, तहगत सरकारको संवैधानिक, कानुनी र नीतिगत वाचा, सरकारले लिनुपर्ने ठोस पहलबारे आफूहरुको माग, तत्कालीन, दिगो समाधानका विषय लगायत उल्लेख गरिएको थियो ।

मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका ईःले जानकारी दिएका छन् । ‘हामीले सार्वजनिक रुपमै पनि भन्दै आएका थियौं – मूलधारका सबै पार्टी समाजवादी । सरकार पनि यही वर्गका लागि भनेर सशस्त्र संघर्ष गरेको पार्टीको छ, अहिले आएर यो वर्गलाई वेवास्ता गर्ने हो भने संविधान कसरी बलियो हुन्छ, पार्टी कसरी बलियो हुन्छ भनेर नैतिक प्रश्न ग¥यौं’, ईःले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा उहाँले केही समयमा महसुस हुने गरी परिवर्तन पाउनुहुन्छ भन्ने आश्वसन दिनुभयो ।’अभियन्ता ईः ले माघ २८ गते लुम्बिनीबाट पैदलयात्रा थालेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७