डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत


७ फाल्गुन २०८०, सोमबार
bihe old doti

डोटी । डोटीको जोरायल गाउँपालिका–५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।
स्थानीय ठक्करबहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन् । उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो । धेरै पहिले खड्का र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए । उनीहरूबाट सन्तान समेत भए । श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खड्काले सिउँदो भने भरेका थिएनन् ।

जोरायल–५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ । सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्य समेत रहेका मुकुन्द भण्डारीले बताए ।
खड्काका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन् ।

उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए । विवाहमा बेहुला–बेहुलीका पनातिसमेत सहभागी थिए। खड्का पडरे देउताका भणारेसमेत हुन् । सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन् । महायज्ञका पुजारी श्रमानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७