एकीकृत समाजवादी स्याङ्जा इञ्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए


२०८० फाल्गुण ७ सोमबार ०७:३८ बजे

स्याङ्जा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इञ्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन् । पूर्व सांसद तथा समाजवादी स्याङ्जा इञ्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन् ।

त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन् । उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७