देउवालाई ओलीको प्रश्न : कांग्रेस एकछिन एक्लै उभिन सक्छ ?


२०८० फाल्गुण ७ सोमबार ०७:२९ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा गठबन्धनबिना एक्लै उभिन नसक्ने टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरू दल एक्लै प्रतिस्पर्धामा आए अस्तित्व संकटमा पर्ने बताए । कांग्रेसभित्र आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे चर्को मतभेद भइरहेको बेलामा ओलीले एक्लै उभिन नसक्ने भन्दै कटाक्ष गरेका छन् ।

उनले भने, ‘हेर्दाहेर्दा काँग्रेस साँच्चै बुढो भयो । त्यति साह्रो बुढो त हुन नपर्ने हो । तर, कांग्रेसभित्र धोत्रो पसेका, पात सुकेको बेहालै भो । अब कसैको बैसाखी टेकेर हात समातेर हिँड्नुपर्ने हालतमा छ । एक्लै एकछिन उभिन सक्दैन शेरबहादुरजीलाई गएर सोध्नुस् त ! काँग्रेस एक्लै एकछिन उभिन सक्छ भनेर । अरेबाबा सक्दैन एमालेले बर्बाद गर्छ भन्छन् ।’

कांग्रेसमा सभापति शेरबहादुर देउवा चुनावी गठबन्धनबारे अहिले निर्णय गर्न नहुने पक्षमा छन् । तर, महामन्त्री गगन थापा महासमिति बैठकबाट चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने पक्षमा छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७