कटप्पाको भूमिकामा सञ्जय दत्तलाई लिन चाहन्थे राजमैली, यसकारण भएन सम्भव


८ फाल्गुन २०८०, मंगलवार
katappa

मुम्बइ । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन । यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आएपछि सबै स्टारहरु चर्चित भएका थिए ।

यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए तर, निर्माताको यो चाहना भने पूरा हुन सकेन । सञ्जय दत्तले फिल्मको सबैभन्दा यादगार र लोकप्रिय पात्र पाउन सकेनन् । सञ्जय दत्तपछि यो भूमिका पाएका व्यक्ति पनि पान इन्डिया स्टारका रूपमा चिनिए ।

फिल्मसँग सम्बन्धित यो जानकारी फिल्मका निर्देशक एसएस राजामौलीका बुबा वी विजयेन्द्र प्रसादले दिएका छन् । एक अन्तर्वार्तामा उनले फिल्ममा बाहुबलीको भूमिकाका लागि प्रभास पहिलो रोजाइ भएको बताए । तर कटप्पाको भूमिकाका लागि सत्यराज पहिलो रोजाइ भने अवस्य पनि थिएनन् । यो भूमिका लेख्दा फिल्मका निर्माताहरुको दिमागमा सञ्जय दत्तको अनुहार मात्रै आइरहेको थियो । तर प्रयास गर्दा पनि निर्माताले बाहुबलीको कटप्पाको भूमिका सञ्जय दत्तलाई दिन सकेनन् । कारण थियो, सञ्जय दत्त त्यतिबेला जेलमा थिए । यसै कारण निर्माताले सत्यराजलाई यो भूमिका दिएका हुन् ।

बाहुबली : पार्ट वन सन् २०१५ मा रिलिज भएको थियो भने सन् २०१६ मा सञ्जय दत्त जेलबाट छुटेका थिए । सञ्जय दत्त जेलमा हुँदा फिल्मको सुटिङ सुरु भइसकेको थियो । जेलमा रहेका कारण सञ्जय दत्तले यस्ता अविस्मरणीय भूमिका गुमाउनु प¥यो र सत्यराजले दक्षिण भारतीय चलचित्रदेखि बलिउडसम्म विशेष पहिचान पाएका छन् । कटप्पाले बाहुबलीलाई किन मा¥यो यो प्रश्न निकै लामो समयसम्म खोजीको बिषय बन्यो, जबसम्म बाहुबली पार्ट टु आएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७