नौं महिनादेखि आन्दोलनरत आरती साहको परिवारलाई न्याय दिने प्रधानमन्त्रीको आश्वासन


२०८० फाल्गुण ८ मंगलबार ०७:१५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आरती साहको परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरतीका परिवारसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उनका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको बताए ।

प्रधानमन्त्रीलाई भेट्न साहका परिवारलाई लिएर स्वतन्त्र सांसद प्रभु साह प्रधानमन्त्री निवास पुगेका थिए । ‘करिब १० मिनेट कुराकानी भयो, प्रधानमन्त्रीलाई हामीले गरिरहेको आन्दोलनका बारेमा थाहा रहेछ,’ आरतीका दाइ प्रेम साहले सुनाए, ‘उहाँले तपाईंहरूको केशका बारेमा मलाई थाहा छ, धेरै नै संघर्ष गर्नुभएको छ । न्याउका लागि मैले पहल गर्छु भन्नु भएको छ ।’

आरती साहको हत्या भएको र हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने उनका परिवारको माग छ । प्रहरीले भने उनका श्रीमानलाई मात्रै पक्राउ गरेको छ । साहको परिवार ९ महिनादेखि काठमाडौंमा आन्दोलनरत छ । आरती साह जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७