इजरायलले गर्‍यो लेबनानमाथि हमला, हताहत भए नभएको अझै खुलाइएन्


८ फाल्गुन २०८०, मंगलवार
Capture.JPG 1923

तेल अहिब । इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।
इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन । लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र इजरायलले अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा आक्रमण सुरु गरे देखि सीमानामा दैनिक गोलीबारी गर्दै आएका छन् ।

‘इजरायली युद्धक विमानहरूले गाजियाह सहरमा आक्रमण गरे,’ राज्य संचालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले भनेको छ । थप विवरणहरू प्रदान नगरी एउटा गाडीलाई लक्षित गरी एम्बुलेन्सहरू घटनास्थलमा पुगेको तर सो हमलाबाट हताहत भए नभएको तत्काल स्पष्ट हुन सकेको छैन ।

यो सहर दक्षिणी बन्दरगाह सहर सिडोनबाट करिब ५ किलोमिटर (३ माईल) टाढा र इजरायलको सीमानाबाट करिब ६० किलोमिटर (३७ माइल) उत्तरमा अबस्थित रहेको छ । इजरायली सेनाका प्रवक्ता भने, “हामीले आज दिउँसो टिबेरियास क्षेत्र नजिकै भेटिएको शत्रुको जहाजको विस्फोटको प्रतिक्रियामा सिडोन नजिकै हिजबुल्लाह हतियार भण्डारहरूलाई निशाना बनायौं । हामी हिजबुल्लाह हमलाहरूको जवाफमा बलपूर्वक कार्य जारी राख्नेछौं ।” हिजबुल्लाहबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७