कांग्रेस महासमिति वैठकस्थलमै हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर संकलन, शशांकको पनि समर्थन


२०८० फाल्गुण ८ मंगलबार ०६:५८ बजे

काठमाडौं । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महसमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् ।
महासमिति जारी रहेका बेला ललितपुरको गोदावरीमा स्टल नै बनाएर हस्ताक्षर अभियान चलाएका हुन् । सनातन हिन्दु राष्ट्र नेपालको अभियानको नाममा अहिलेसम्म ४ सय महासमिति सदस्यहरूले हस्ताक्षर गरेको जनाइएको छ् ।

अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइराला बाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन् । २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो । त्यतिबेला भने कोइरालाले यो एजेण्डामा हस्ताक्षर गरेका थिएनन ।

त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन । यसपालि पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७