च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा (तस्वीरहरु)


२०८० फाल्गुण ८ मंगलबार ०७:१२ बजे

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको हो । बैठकले एमालेको आगामी कार्यक्रमका बारेमा विविध निर्णय गर्ने जनाइएको छ ।

यो बैठक बिहीबारसम्म चल्नेछ । एमालेका अनुसार बैठकका लागि ६ वटा कार्यसूची तयार गरिएको छ । बैठकका लागि जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा लगायत कार्यसूची छन् ।

एमालेले गठबन्धन सरकारले मुलुक र जनताविरुद्ध ज्यादती गर्न थालेको, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच आउने काम गरेको निष्कर्ष निकालेर सडक आन्दोलनमा जाने तयारी गरेको छ। त्यसको तयारीका लागि यो बैठक डाकिएको हो ।
यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गर्ने छैनन् । उनले मुलुकको परिस्थितिबारे विश्लेषण मौखिक रुपमै सुनाउने छन् । सरकारको काम कारबाही, पार्टीका तत्कालीन कार्यदिशाबारे पनि ओलीले बोल्ने छन् । गठबन्धन सरकारका राष्ट्रिय हित, जनसरोकार र सुशासनमा गम्भीर बिचलन आएको निष्कर्ष एमालेको छ ।

यसअघि एमाले सचिवालय बैठक गत बिहीबार बसेको थियो। जसले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो । एमालेको उक्त निर्णयपछि भ्रातृसंगठन अनेरास्ववियुले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ । एमालेले मंसिरमा मध्यपहाडी मिसन ग्रासरुट अभियान चलाएपछि पार्टी संगठनलाई सक्रिय बनाइरहेको छ। यही बेला एमालेले धमाधम जिल्ला अधिवेशन पनि गर्दैछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७