तस्वीरमा एमाले केन्द्रीय कमिटी बैठक


८ फाल्गुन २०८०, मंगलवार
amale kendriya kamiti 11

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको उद्घाटन गरेका हुन् । मंगलबारदेखि बिहीबारसम्म तीन दिन बैठक चल्नेछ ।

amale kendriya kamiti 1

बैठकले एमालेको आगामी कार्यक्रमका बारेमा विविध निर्णय गर्ने जनाइएको छ । यो बैठक बिहीबारसम्म चल्नेछ । एमालेका अनुसार बैठकका लागि ६ वटा कार्यसूची तयार गरिएको छ । बैठकका लागि जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा लगायत कार्यसूची छन् ।

amale kendriya kamiti 2

एमालेले गठबन्धन सरकारले मुलुक र जनताविरुद्ध ज्यादती गर्न थालेको, राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच आउने काम गरेको निष्कर्ष निकालेर सडक आन्दोलनमा जाने तयारी गरेको छ। त्यसको तयारीका लागि यो बैठक डाकिएको हो ।
यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गर्ने छैनन् । उनले मुलुकको परिस्थितिबारे विश्लेषण मौखिक रुपमै सुनाउने छन् । सरकारको काम कारबाही, पार्टीका तत्कालीन कार्यदिशाबारे पनि ओलीले बोल्ने छन् । गठबन्धन सरकारका राष्ट्रिय हित, जनसरोकार र सुशासनमा गम्भीर बिचलन आएको निष्कर्ष एमालेको छ ।

amale kendriya kamiti 3

यसअघि एमाले सचिवालय बैठक गत बिहीबार बसेको थियो। जसले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेको थियो । एमालेको उक्त निर्णयपछि भ्रातृसंगठन अनेरास्ववियुले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ । एमालेले मंसिरमा मध्यपहाडी मिसन ग्रासरुट अभियान चलाएपछि पार्टी संगठनलाई सक्रिय बनाइरहेको छ । यही बेला एमालेले धमाधम जिल्ला अधिवेशन पनि गर्दैछ ।

amale kendriya kamiti 4
amale kendriya kamiti 5
amale kendriya kamiti 6
amale kendriya kamiti 7
amale kendriya kamiti 8
amale kendriya kamiti 9
amale kendriya kamiti 10
amale kendriya kamiti 11 1
amale kendriya kamiti 12
amale kendriya kamiti 13
amale kendriya kamiti 14
amale kendriya kamiti 15
amale kendriya kamiti 16
amale kendriya kamiti 17
amale kendriya kamiti 18
amale kendriya kamiti 19
amale kendriya kamiti 20

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७