हिन्दू राष्ट्रको पक्षमा कांग्रेस नेताको ‘लर्को’ : अहिलेसम्म ९०० जनाले गरे हस्ताक्षर संकलन


२०८० फाल्गुण ८ मंगलबार ०७:२३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसमा हिन्दू राष्ट्र नेपाल स्थापनाको पक्षमा माहौंल बढ्दै गएको देखिएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका लागि झण्डै ९०० प्रतिनिधिले हस्ताक्षर गरेका जनाइएको छ । गोदावरीस्थित महासमिति बैठकस्थलको प्रवेशद्वार छेवैमा सातै प्रदेशअनुसार हस्ताक्षर संकलन कक्ष राखिएको छ ।

हिन्दू राष्ट्रको पक्षमा पूर्व महामन्त्री तथा केन्द्रीय सदस्य डा. शशांक कोइराला, पूर्व सभामुख तारानाथ रानाभाटलगायतले पनि हस्ताक्षर गरेका छन् । हालसम्म केन्द्रीय सदस्य र महासमिति सदस्य गरी करीब ९०० जनाले हस्ताक्षर गरेका बताइएको छ ।
शनिबार सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा भएको थियो ।

महासमिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय समिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए । महासमिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठकमा सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा निर्णय लिन भन्दै २२ जना केन्द्रीय सदस्यले नेतृत्वलाई हस्ताक्षर बुझाएका थिए ।

९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७