गगनको प्रतिवेदन : अबका चुनावमा कांग्रेस एक्लै लड्छ, कार्यकर्ताले रुखमै मत हाल्न पाउँछन्


२०८० फाल्गुण ८ मंगलबार ०७:५० बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताएका छन् । जारी महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले यस्तो बताएका हुन् ।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौ,’ उनले प्रस्ताव पेस गर्दै भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’

सभापति शेरबहादुर देउवासँगको चार दिन लामो विवाद र माथापच्चीपछि यही आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित थापाले सांगठनिक प्रस्ताव पेश गरेका हुन् । गगनले आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित प्रतिवेदन पेश गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७