संगठित सुन तस्करीः भरिया थुनिन्छन्, साहु उम्किन्छन् !


२१ जेष्ठ २०७५, सोमबार
gore

काठमाडाैं, २१ जेठ । काठमाडौंको गौशलानजिक पिंगलास्थानबाट २०७३ पुुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्धा चलायो ।आजको कान्तिपुरमा यो खबर छ ।gore

त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको घरौटीमा छुटे ।

सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका अधारमा संलग्न देखिएकालाई पुर्वपक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने उदार देखियो ।

न्यायधीश दीपेन्द्र अधिकारीको ईजलासले २०७३ चैत्र ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरुलाई १, १ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७