रथीमा बढुवा थापालाई दज्यानी चिन्हसहित बलाध्यक्ष विभागको जिम्मेवारी


८ फाल्गुन २०८०, मंगलवार
Nirmalkumar thapa army S79KQ94BdA

काठमाडौँ । नेपाली सेनाको रथीमा बढुवा भएका निर्मलकुमार थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले आज (मंगलबार) जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद बैठकले माघ २५ गते नै थापालाई रथीमा बढुवा गर्ने निर्णय गरेको भए पनि थापा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डरको रुपमा कार्यरत रहेकाले देश बाहिर थिए । रथीमा बढुवा भएका थापालाई बलाध्यक्ष विभागमा नियुक्त भएका छन् ।

२०२४ असोज २५ गते ललितपुरमा जन्मिएका रथी थापा २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । उनले गुल्म, गण, बाहिनी र पृतनाको कमाण्ड गरिसकेका छन् । यस्तै पीएसओज् सचिव, सैनिक सचिव, युद्धकार्य विभागको प्रमुख, सैनिक इन्टेलिजेन्स महानिर्देशक एवम् राष्ट्रिय सुरक्षा परिषदको सह संयोजकको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

यस्तै अमेरिका, मलेसिया र रसियामा सञ्चालनमा भएका तालिममा रथी थापाले बंगलादेशमा एनडीसी तालिम सम्पन्न गरेका छन् । शान्ति सेनामा युगोस्लाभिया, इथियोपिया, इरिट्रिया, लेवनन तथा कंगोमा काम गरेका छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आगामी भदौबाट अवकासमा जाँदैछन्। त्यसपछिको सेना प्रमुख अशोक सिग्देल र थापा मध्येबाट बन्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७