व्यावसायीलाई धम्क्याएर ५० लाख मागेको आरोपमा विप्लव माओवादीका दुई जना पक्राउ


८ फाल्गुन २०८०, मंगलवार
bip

काठमाडौं । विभिन्न व्यावसायीलाई धम्की दिएर ५० लाख मागेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको टीकापुरका हृदयराज बोगटी र नुवाकोटको ककनीका नरहरि ढुंगाना छन् । एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद समेत बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७