सत्ता गठबन्धनमा ‘खटपट’ बढिरहेका बेला प्रचण्ड–ओली भेटवार्ता, फेरि वाम गठबन्धनको खिचडी पाक्दै गरेको हो ?


८ फाल्गुन २०८०, मंगलवार
oli prachanda vetghat 1

काठमाडौं । कांग्रेसमा उठिरहेको चुनावी गठबन्धन गर्न नहुने बहसले सत्ता गठबन्धनमा ‘खटपट’ बढाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास सिंहदरबारमा मंगलवार साँझ भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मंगलबार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेका थिए ।

ओलीले आफैले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डप्रति कटाक्ष गरेकै साँझ ओलीले उनैलाई बालुवाटार गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कतै फेरि वाम गठबन्धनको खिचडी त पाकेको होइन ? भन्ने राजनीति वृत्तमा आशंका पैदा भएको छ । यता पछिल्लो समय सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र माओवादीसँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने कुरा उठिरहेको छ । यस्तोमा दुई कम्युनिष्ट दलका अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७