कांग्रेस महासमिति बैठकमा आज पाँच प्रतिवेदनमाथि छलफल


२०८० फाल्गुण ९ बुधबार ०७:४७ बजे

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ । गत सोमवारदेखि सुरू भएको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार बिभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आजबाट छलफल सुरू हुनेछ ।
समूहगत रूपमा पाँच प्रतिवेदनमाथि आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७