कांग्रेसले शीर्ष नेताको टिकट टुंगो लगायाे, को कहाँबाट लड्ने ? (सूचीसहित)


९ कार्तिक २०७४, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको लागि शीर्ष नेताहरुको टिकटको टुंगो लगाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको कांग्रेस संसदीय समितिको  बैठकले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंगो लगाएको हो ।

Nepali Congress senior leaders कांग्रस नेपाली

गोविन्दराज जोशीको विरोधका बीच नेपाली कांग्रेसले तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यका लागि वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ ।  पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि तनहुँ-१ को टिकट दाबी गर्दै आएका छन् ।

यस्तै काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र ५ बाट प्रकाशशरण महतले टिकट पाएका छन् । गोपालमान श्रेष्ठ स्याङ्जा २, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट उम्मेदवार बन्ने भएका छन् भने मिनेन्द्र रिजाल मोरङ २, महेश आचार्य ४ र शेखर कोइराला ६ नम्बर क्षेत्रबाट चुनाव लड्नेछन् ।

तीर्थ लामा काभ्रे १ बाट, प्रेमचन्द्र दाहाल सिन्धुली १ र नरेन्द्रजंग थापा सिन्धुली २ बाट, फरमुल्लाह मन्सुर वारा ३ बाट, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३, नारायण खड्का उदयपुर १ र नारायणबहादुर कार्की २ बाट चुनाव लड्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७