सन्दीपको शल्यक्रिया


९ फाल्गुन २०८०, बुधबार
Sandeep lamichhane

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले शरीरमा निस्किएका ट्युमर (लाइपोमा) को शल्यक्रिया (अपरेसन) गराएका छन् । लामिछानेले काठमाडौँको सिल्भरलाइन हस्पिटलमा मंगलबार साँझ लाइपोमाको शल्यक्रिया गराएको उनी निकटले जानकारी दिएका छन् ।

लाइपोमा भनेको शरीरमा रहेको नरम तन्तुमा आउन सक्ने बोसोको साधारण डल्लो (ट्युमर) हो । लामिछानेको शरीरका विभिन्न भागमा ७ वटा गाँठा थिए । त्यसैलाई अपरेसन गरेर हटाइएको जनाइएको छ । सन्दीपले लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएका हुन् । यसअघि पनि उनले यसको अपरेसन गराएका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले ८ वर्षको कैद सजाय सुनाएयता सन्दीप चिन्तामा पनि छन् । अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट गतिविधिबाट वञ्चित गरेपछि हाल उनी घरमै बसिरहेका छन् । जिल्ला अदालतको फैसलाविरुद्ध उनी उच्च अदालतमा पुनरावेदन गर्ने अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७