जब ३४० मिलियनको चिट्ठा पर्ने ब्यक्ति भोलिपल्टै भए कंगाल


९ फाल्गुन २०८०, बुधबार
kangal

वासिंगटन डिसी । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा हुँदैछ ।

यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए तर कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर टाइप गर्दा गल्ती भएको भन्दै पैसा दिन अस्वीकार गरेपछि उनी अदालत पुगेका हो । चिठ्ठाको बिजेता अरु कोही भएमा रकम उसैलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीले पैसा नदिँदा जोन छक्क परेका छन् ।

त्यसपछि जोन चिक्स न्यायको लागि अदालत पुगेर कम्पनीविरुद्ध मुद्दा दायर गरेको हुन् । प्रहरीलाई दिएको उजुरीमा जोनले आफूले ६ जनवरी २०२३ मा पावरबल कम्पनीको लटरी टिकट किनेको बताए । भोलिपल्ट ड्र भयो र २ दिनपछि जब उनले वेबसाइट जाँच गरे, उनलाइ ३४० मिलियन डलरको ज्याकपट थियो । उनले विजयी ड्रको स्क्रिनसट लिए । उनी निकै खुशी थिए र यसै खुशीमा उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिए । भोलिपल्ट उसले कम्पनीमा फोन गरेर चिठ्ठाको पैसा माग्न गएँ तर कम्पनीले गल्तीले तपाईको नम्बर अपलोड भएको र पुरस्कार अरु कसैले जितेको भन्दै दिन अस्वीकार गरिदियो ।

मिडिया रिपोर्टका अनुसार जोनले कम्पनीको अफिसमा गएर आफ्नो लटरीको टिकट अधिकारीहरुलाई देखाए तर उनले नभई अरु कसैले चिठ्ठा जितेको भन्दै अस्वीकार गरेका थिए । अधिकारीहरूले उनलाई चिठ्ठाको टिकट च्यातेर डस्टबिनमा फाल्न भने। जसबाट चिठ्ठा किनेको एजेन्टले पनि टिकट बेकार भएको बताए । अन्ततः उसले चिट्ठामा जितेको पैसा प्रत्यक्ष माध्यमबाट प्राप्त गर्न नसक्ने महसुस भयो, त्यसैले उनले कानुनी बाटो लिने निर्णयमा पुगे जोनले पावरबल कम्पनीविरुद्ध ठगी र सम्झौता उल्लङ्घनसहित ८ वटा मुद्दा दायर गरेका छन, जसको अदालतमा सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७