वाफ च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४–१ ले विजयी


९ फाल्गुन २०८०, बुधबार
Woman football

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एशोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

समूह ‘बी’ अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।

जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् । त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समूह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् । नेपालले अब दोस्रो खेलइराकविरुद्ध विहीबार खेल्ने तालिका रहेको छ । त्यस्तै समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७