वन सुरक्षा टोली र तस्कर समूहबीच भिडन्त, बन्दुक पड्काएर टायरगाडासहित अवैध काठ नियन्त्रण


२०८० फाल्गुण ९ बुधबार ०७:३१ बजे

–सञ्जय मिश्रा

रौतहट । रौतहटस्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले विशेष सक्रियता देखाउँदै बन्दुक पड्काएर भए अवैध सालको गोलिया काठसहित टायर गाडा र पाडा बरामद गरेको छ ।

जिल्लाको पूर्वी भेग वृन्दावन नगरपालिका–१ रामलाल वृन्दावन साझेदारी वन क्षेत्रभित्र वन सुरक्षा टोली र सर्लाहीका तस्करबीच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ लोड रहेको टायर गाडा र पाडा बरामद गरेको हो ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिलकुमार महतोको कमाण्डमा गएको टोलीले गए राति ११ बजे वन क्षेत्रभित्र गस्तीको क्रममा तस्कर समूहसँग भिडन्त भएको थियो । सो क्रममा टोलीले तीन राउण्ड हवाई फायर गरेपछि तस्कर समूह टायरसहितको काठ छोडेर भागेको थियो ।

टोलीले उक्त स्थानबाट तिनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए । झण्डै दुई लाखभन्दा बढी मूल्यको काठसहितको टायर गाडा र पाडो आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

हिन्दूहरूको पर्व होली नजिकिँदै गर्दा जिल्लाको पूर्वी भेगमा सर्लाहीका अन्य क्षेत्रमा स्थानीय तस्करहरू चोरीलुकी काठ कटानी गर्न बढी सक्रिय देखिएकाले अहिले वन सुरक्षा गस्ती टोली अहोरात्र खटिएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
चाडपर्वको अवसरमा कर्मचारी तथा सशस्त्र वन सुरक्षा गार्ड विदामा बस्ने पुरानो मानसिक्ता बोकेका तस्कर हाल कर्मचारी र सुरक्षा टोलीको विशेष सक्रियताले हरेस खाएको डिभिजन वन कार्यालय रौतहटले दाबी गरेको छ । न्यूज कारखाना

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७