नामिबियासँग टस हारेर ब्याटिङ गर्दै नेपाल, नेपाली टोलीमा एक परिवर्तन


२०८० फाल्गुण ९ बुधबार ०७:१६ बजे

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (शुधबार) नेपाल र नामिबियाबीच खेल हुँदैछ । यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । जस अनुसार नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा करण केसीलाई टिम सामेल गरेको छ । यस अघि नेपालले पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै नामिबियाले नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन । नेपालको प्लेइङ ११– रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी ।

लिग– २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुनेछन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।
सिरिजको खेल तालिका

फागुन ११ गते शुक्रबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स ।
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्यान्ड्स ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७