२४ वर्षमा १७ पटक ‘गर्भवती’, पक्राउ पछि बाहिरियो अचम्मको कथा


९ फाल्गुन २०८०, बुधबार
garva
सांकेतिक तस्वीर

रोम । इटालीमा गर्भवती भएको नाटक गर्दा एक महिलालाई महँगो साबित भएको छ । वास्तवमा २४ वर्षभित्र १७ पटकसम्म गर्भवती भएको नाटक गरेको खुलेपछि उनी पक्राउ परेकी छिन् । हाल उनी इटलीको जेलमा दिन बिताइरहेकी छिन् ।

समाचार अनुसार कार्यालयको कामबाट बिदा लिन र सरकारबाट सुत्केरी भत्ता लिन महिलाले आफ्ना ५ सन्तान रहेको र १२ वटा गर्भपतन गराएको बताएकी थिइन् । ती महिलाको नाम बारबरा हो, जो अहिले ५० वर्षकी भएकी छिन् । यस मामलामा यो भनिएको छ कि उनको गर्भावस्थाका बच्चाहरु मध्ये कुनै पनि सरकारी अभिलेखमा दर्ता गरिएको छैन, न त कुनै अधिकारीले देखेका नै छन् ।

समाचार अनुसार ती महिलाको पार्टनर, डेभिड पिज्जिनाटो, ५५ ले पुलिसलाई स्वीकार गरे कि उनलाई थाहा थियो कि उनी गर्भवती छैनन भन्ने तर उनले झुटो कुरा बोलिरहे । स्थानीय आउटलेट क्लारिनमा उल्लेख भएको समाचार अनुसार न्यायाधीशहरूले डेभिड पिज्जिनाटो अर्थात उनका सहयोगीलाइ निकै ध्यानमा राखेका थिए । अन्ततः उनीहरूले सजायमा यो लेखे कि ती महिलाले सार्वजनिक निकायलाई हानि पुर्‍याउने धोखाधडीको अपराध गरेकी छिन् ।

पिज्जिनाटोले हल्का सजायको बदलामा महिलाविरुद्ध उजुरी दिएका थिए र ठगीमा उनको सहयोगीको रूपमा अभियोग लगाइएको छ । उता, महिला भने पाँच सन्तान जन्माएको र धेरै नै पटक गर्भपतन गराएको कुरामा अडिग रहेकी थिइन् । यद्दपी, स्थानिय पत्रिका ला रिपब्लिकाका अनुसार क्लेरिनको रिपोर्टलाइ आधार मानेर ती महिलालाई ठगीको आरोप लगाइएको छ र उनले अब १ वर्ष ८ महिनाको जेल सजाय भोग्नु पर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७